मानसिक स्वास्थ्य समास्याको कारण आत्महत्या बढ्दो

ललितपुर, ७ स्वास्थ्य नागरिकको मौलिक हक, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, आकास्मिक स्वास्थ्य सेवामा कसैलाई पनि बन्चित नगरिने र स्वास्थ्य सेवामा समान पहुँच लगायतका विषय विद्यमान संबैधानिक, कानूनी र नीतिगत रुपमा सुरक्षित छन् । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएता पनि मानसिक स्वास्थ्य समस्याको कारण नेपालमा धेरैले आत्माहत्या गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संघठनको सर्बेक्षण अनुसार नेपालमा प्रत्येक महिनामा २४ जना भन्दा बढिले आत्महत्या गर्ने गर्छन् । यो विश्वको सातौँ उच्च दर र दक्षिण एशियाली देशमा श्रीलङ्का पक्षि सार्वाधिक हो । स्वास्थ्य कार्यालय ललितपुरको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत मानसिक स्वास्थ्य सम्बन्धी अन्त्रक्रिया कार्यक्रममा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.बासुदेव कार्कीले मानसिक स्वास्थ्य समस्या दिनानु दिन बढ्दै गएको जानकारी दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क २०७८ अनुसार आर्थिक वर्ष २०७७ /७८ मा नेपालको आत्महत्या दर १४.०४ प्रतिशत छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको तथ्याङ्क अनुसार बिगतको वर्षहरुको तुलनामा आत्महत्याको दर बृद्धि हुँदै गईरहेको छ । बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. बासुदेव कार्कीले भन्नुभयो, नेपालका कुल नसर्ने रोग मध्येमा १८ प्रतिशत मान्छे मानसिक स्वास्थ्य समस्याको कारण मर्छन् । त्यस्तैगरी अधिकासंस मानसिक स्वास्थ्य समस्याको सुरुवात २९ वर्ष भन्दा कम उमेर समुह अथार्त १५ वर्ष देखि २९ वर्षको उमेर समुह मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या गर्नेगर्छन ।’ विश्व स्वास्थ्य संघठनको अनुसार झण्डै ९५ प्रतिशत व्यक्तिहरु जसले मानसिक स्वास्थ्य समस्याको कारण आत्महत्या गर्छन् । तिनीहरु मध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसि, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम र लागुपदार्थ सम्बन्धी समस्या रहेका हुन्छन् ।

सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढि रहेको हुन्छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । त्यसैगरी २.३ प्रतिशत बयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासिनताको समस्या देखिएको पाइन्छ ।

त्यस्तै ६.५ प्रतिशत बयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइन्छ । मानसिक स्वास्थ्य समस्याको कारण १.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । सरकारको तर्फबाट मानसिक स्वास्थ्य समस्या न्यूनिकरणको लागि राष्टिय दस्तावेज र नीतिगत व्यवस्था अन्तर्गत राष्टिय मानसिक स्वास्थ्य नीति २०५३, नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय कार्ययोजना, स्वास्थ्य क्षेत्र रणनीति राष्ट्रिय स्वास्थ्य निती २०७६, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना रहेका छन् ।

नेपालमा आम रुपमा रुपमा झुण्डीएर वा विषको सेवन गरेर आत्महत्या गर्ने गरेको पाईन्छ । त्यसैगरी आगो लगाएर, पानीमा हाम फालेर मानिसहरुले आत्महत्या गरेको विवरण आउने गरेको स्वास्थ्य कार्यालय ललितपुरको भनाइ छ । यदि मानिस तनाबमा छ, वा त्यस्तो तनाव भोगिरहेको मानिसलाई कसैले चिनेमा हेल्प लाइन नम्बर ११६६ शिक्षण अस्पताल र १६६००१२१६०० मा कल गर्नको लागि ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।,–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button