माम्लिङ्ग ब्याप्टिस चर्च उद्घाटन

साउन २३ (२०८०) संखुवासभा

धर्मदेवी नगरपालिका वडा नं. ५ संखुवासभामा स्थापित भएको माम्लिङ्ग ब्याप्टिस चर्चको नयाँ भवन उद्घाटन भएको छ । वि.सं. २०५५ सालमा स्थापना भएको चर्च बृद्धि हँुदैजाँदा पुरानो भवन संगति गर्न साँगुरो भएपछि नयाँ भवन निमार्ण गरी साउन २० गते उद्घाटन गरिएको हो ।


मण्डलीका सदस्यहरुको आर्थिक सयोग र श्रमदानबाट निमार्ण भएको मण्डली भवन उद्घाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा पास्टर प्रकाश मेघी गुरुङ रहनुभएको थियो भने विशेष अतिथिको रुपमा धर्मदेवी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर मगर रहनुभएको थियो ।


हाल १०५ भन्दा बढी सदस्य रहेको माम्लिङ्ग ब्याप्टिस चर्चमा पास्टर पर्सुराम मगर र गंगा मगरले सेवा गरिरहनुभएको छ । माम्लिङ्ग ब्याप्टिस चर्चद्धारा चानुवा ब्याप्टिस चर्च धनकुटा र आँखीभुईँ ब्याप्टिस चर्च संखुवासभामा दुईवटा शाखा चर्च स्थापना भएका छन् । त्यसैगरी ३ ठाउँमा झुण्डको रुपमा संगति सुरु भएको छ ।


आउने भदौ ५ गते अर्थात अगस्ट २२ तारिकमा माम्लिङ्ग व्याप्टिस चर्चको रजत महोत्सव कार्यक्रमको आयोजना गरेको पास्टर प्रकाश मेघी गुरुङले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button