मेचीनगर इसाई समाजले मनायो २५ औँ रजत महोत्सव

किशोर देवान
झापा, ३१ बैसाख ।। झापा जिल्लाको मेचीनगर इसाई समाजले स्थापनाको २५ औँ रजत महोत्सव मनाएको छ । इसाई समाजले सोमबार पासाङ्ग ल्हामु स्मृति जेसिस समुदयीक भवनमा एक कार्यक्रमको आयोजना गरी २५ औँ रजत महोत्सव मनाएको हो ।


मेचीनगर इसाई समाज, मेचीनगर जवान संगती र मेची नगर आमादिदीबहिनी सँगतिको संयुक्त आयोजनामा आयोजित २५ औँ रजत महोत्सवमा मेचीनगरका विभिन्न मण्डलीबाट सहभागी रहनुभएको थियो ।


मेचीनगर इसाई समाजले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा स्मारीका समेत प्रकाशन गरेको छ । प्रकाशित उक्त स्मारिकमा रजत महोत्सवको अवसरमा बिमोचन समेत गरिएको छ । स्मारिकमा मेचीनगर इसाई समाजले २५ वर्ष पार गर्दासम्म विभिन्न संघर्ष र सफलताको विषयहरु समेत समेटिएको छ ।


मेचीनगर इसाई समाजका अध्यक्ष राजु खड्काको सभाध्यक्षता रहेको रजत महोत्सवमा प्रमुख बक्ताको रुपमा रेभ. पास्टर मंगलमान महर्जन रहनुभएको थियो । अन्य पास्टर तथा अगुवाहरुले मेचीनगर इसाई समाज २५ वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button