राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालमा नयाँ पदाधिकारी

असोज २९ (काठमाण्डौ)
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले नयाँ पदाधिकारी मनोयन र पदपूर्ति गर्ने निर्णय गरी नयाँ पादाधिकारी मनोयन गरेको छ ।


महासंघको काठमाण्डौँमा आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले नयाँ पदाधिकारी मनोयन तथा पदपूर्ती गर्ने निर्णय गरेको हो ।


महासंघका कार्यवाहक अध्यक्ष उद्धव प्रसाद चिमोरियाको अध्यक्षतामा बसेको आजको बैठकले केही नयाँ पदाधिकारीहरुको मनोनयन गरी रिक्त रहेको पदाधिकारीहरुको पदपूर्ति गर्ने निर्णय गरेको छ ।


रिक्त रहेको पदाधिकारीहरुको रिक्त पदहरुमा उपाध्यक्षमा पा. हरि तामाङ्ग, पा. राजु बज्राचार्य, पा.तिमोथी राई र ओम कुमार श्रेष्ठ मनोनयन हुनु भएको छ ।


त्यसैगरी महासंघको केनिद्रय सचिव पदमा रामहरि थापा, एलिजर तामाङ्ग, चतुरमान तामाङ्ग र मुना आचार्य मनोनयन हुनु भएको छ ।


सुमन श्रेष्ठ, खोप बहादुर खत्री, सिता लामिछाने, चन्द्रमान तामाङ्ग, रेशम तामाङ्ग, समिर श्रेष्ठ, रमेश जोक्पा तामाङ्ग, बागदेश सारु, सम्झना सुनुवार, मान बहादुर तामाङ्ग, सरीमाया तामाङ्ग, धनकाजी तामाङ्ग, सु्शिल तामाङ्ग, सरोज तामाङ्ग र सन्तोष तामाङ्गलाई केन्द्रिय सदस्य पदमा मनोनयन गर्ने निर्णय गरीएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button