रिङरोडमा अटोमेटिक स्पिड नाप्ने क्यामेरा जडान

साउन ९ (२०८०) ललितपुर
काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिर्ब गतिबाट हुने दुर्घटना न्यूनिकरणको लागि ललितपुरको दुर्घटना सम्भावित तीन ठाउँमा सवारीसाधनको स्पिड नाप्न अटोमेटिक रेकर्ड क्यामेरा जडान गरेको छ ।


ट्राफिक कार्यालयले ललितपुरको धोविघाट, थसिखेल र कोटेश्वरमा (ए.एन.पि.आर) अटोमेटिक नम्बर प्लेट रिककनाइजेशन विथ स्पिड डिडेक्शन नामक क्यामेरा जडान गरेको हो ।


काठमाण्डौँ उपत्यकामा तिर्ब गतिको कारण धेरै घटनाहरु घट्ने हुनाले असारदेखि चक्रपथको विभिन्न दुर्घटना सम्भावित क्षेत्रमा अटोमेटिक नम्भबर प्लेट रेकर्ड क्यामेरा जडान गर्न थालेको काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।


प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भन्नुभयो, ‘उपत्यकामा विभिन्न कारणहरुले हुने दुर्घटनाहरु मध्येमा ३० प्रतिशत दुर्घटना तिर्ब गतिको कारणले घट्ने गर्छन् । तिर्ब गतिको कारण हुने दुर्घटना न्यूनिकरणको लागि दुर्घटना सम्भावित क्षेत्रमा अटोमेटिक रेर्कड क्यामेरा जडान गरिएको हो । जडान गर्ने कार्य सुरु भएतापनि जडान गरिएका क्यामेरा साउन महिनामामात्र प्रयोगमा आउनेछन् ।’


(ए.एन.पि आर) क्यामेराले तोकिएको भन्दा बढि स्पिडमा कुदेको सवारीसाधनको नम्बर प्लेटकोे तस्बिर खिच्नेछ । उपत्यकाको विभिन्न दुर्घटना सम्भावित क्षेत्रमा जडान गरिएका क्यामेराको कन्ट्रोल रुम उपत्यका ट्राफिक कार्यालयमा रहनेछ । यदि तोकिएको भन्दा तिर्ब गतिमा सवारीसाधन चलाउने चालकलाई डिउटीमा खटिएका ट्राफिक प्रहरीद्धारा कार्बाही गरिनेछ । क्यामेरा नाइट भिजन भएको हुनाले राती पनि सवारीसाधनको नम्बर प्लेटको तस्बिर लिन सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button