ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

ललितपुर, १२ भदौ, ललितपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि रविन्द्रराज ताम्रकारले उम्मेदवारी घोषणा गरेका छन् ।

ताम्रकारले आज मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी ताम्रकारले उम्मेदवारी घोषणा गरेका हुन् । ललितपुर उद्योग बाणिज्य संघको ४४ औं साधारण सभा यही असोज १९ र २० गते हुँदैछ । तामकार संघका पूर्ववरिष्ठ उपाध्यक्ष हुन् ।

“ललितपुर उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर मैले करिब तीन दशक समय निजी क्षेत्रको हितका साथै उद्योग व्यवसायीहरुको हितमा काम गरेको छु । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु ।” ताम्रकारले भने । ५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा आफूले पु¥याएको योगदानको आधारमा आफूलाई उक्त पदका लागि योग्य ठानेको वताउँछन् उनी ।

संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने, अग्रज र अनुभवीहरुलाई साथसाथै लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता आफूसंग रहेको रविन्द्रराज ताम्रकारको दावी छ । “आम व्यवसायीमाझ स्वच्छ छवि भएको व्यक्तिको रुपमा परिचित छु भन्ने मेरो दावी छ ।” उनी भन्छन् । उनी परिवारले पुस्तौदेखि गर्दै आएको तामा पित्तल व्यवसायमा संलग्न रहेर हस्तकला क्षेत्रका साथसाथै विभिन्न सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

ताम्रकारले निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आफ्ना बिचार र धारणाहरु लेख्दै पनि आइरहेका छन् । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व सहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको उनले प्रष्ट्याए । जीवनको अधिकाशं समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको वताउँदै ताम्रकारले एक पटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाईलाई माथि पु¥याउने दृढता रहेको जानकारी गराए ।–––

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button