विश्वभरी फैलिदै नेपाली भाषि मण्डली

असौज १ (काडमाण्डौं)
बि.सं २००७ सालको प्रजातन्त्र अगि नेपालमा सुसमाचारको ढोका बन्द थियो । रोजगारीको लागि भारत गएका कतिपय नेपालीहरुले विश्वास त गरेका थिए तर नेपाली भाषि मण्डली सुरु गर्ने अवस्था थिएन । २००७ सालमा जव नेपालमा सुसमाचारको ढोका खुल्यो अनी धेरै मानिसहरुले परमेश्वरमा विश्वास गर्ने मौका पाए ।


नेपालमा मण्डलीहरुको बृद्धि हुने वित्तिकै भारतमा पनि नेपाली संगति सुरु हुन थाल्यो । किनकि पञ्चायतकाल अगि नेपालीहरु रोजगारीको लागि अन्य देश भन्दा बढि भारत जाने गर्थे । भारतमा नेपालीहरुको संख्या बढि हुने गथ्र्योँ ।


विस्तारै नेपालीहरु मलेसिया, साउदी, दुवै लगायतका देशहरुमा रोजगारीको लागि गए । त्यहाँ विस्तारै नेपाली मण्डलीहरु सुरु हुन थाल्यो । धेरैले नेपालले विदेशमा मिशनरी पठाउन सकेन भनेपनि नेपालीहरुले विश्वासको मिशनर विश्वभरी फैलाउँदैछन् ।


नेपालबाट सहयोग पठाएर सेवा गर्ने अवस्था त छैन नै तर पनि रोजगारको लागि प्रवासमा रहेका व्यक्तिहरुले सेवाको बोलावट पाएर परमेश्वरको सेवामा लाग्नुभएको छ । हाल प्रवासमा पास्टरहरुले कम्पनीमा काम गर्दै पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ । नेपालले मिशनरी बिदेश पठाउन नसकेता पनि बोलावट भएका व्यक्तिहरुले प्रवासमा सेवाको काम गरिरहनुभएको छ ।


हाल दक्षिण एसियाका विभिन्न देशहरु लगायत संसारका धेरै देशहरुमा नेपाली संगति छ । अमेरिका, कोरिया, जापान,इजरायल, क्यानडा, बेलायत, साउदी, दुवै, मलेसिया, अस्ट्रिलिया लगायत पश्चिमेली देशहरु र युरोपका विभिन्न देशहरुमा नेपाली मण्डलीहरु स्थापना भएका छन् ।


अफिसको काम र समयको अभाव सँगसंगै सेवकाईलाई पनि निरन्तर अगाडि बढाइरहेको अवस्था छ । कतिपय देशहरुमा त नेपाली इसाई समाज समेत स्थापना भएको छ । जुन देशमा रोजगारीको लागि सहज छ त्यहाँ नेपालीहरु पुगेर संख्या बृद्धि भएमा नेपाली संगति सुरु हुने गर्छ ।


नेपाली इसाई समुदायले मिशनरी विदेशमा पठाउन नसकेपछि रोजगारको खोजिमा गएका नेपाली भाषि इसाईहरुले विभिन्न ठाउँमा मिशनको काम गरिरहनुभएको छ । मण्डलीको संख्या पनि प्रवासमा बढ्दै गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button