विश्वासमा कसरी परिपक्व हुने र नकारात्मक सोच कसरी हटाउँने ?

Xummit Nepali 

१) मेरो मण्डलीमा एक जना दिदी संगति आउन छोड्नु भयो । कारण बुझ्दै जाँदा एउटा शनिवार संगति सकेपछि ‘ जयमसिह ‘ गर्दा कोही एकजनाले ‘ जयमसिह ‘ नफर्काएको कारणले उहाँ डिप्रशनमा पुग्नु भएछ ।

२) मेरो एउटा साथीले उस्को नातेदार पर्ने दाइलाई फेसबुकमा मेसेज लेखेको रहेछ । दाईले मेसेज हेरेर पनि कुनै जवाफ दिनुभएन । दाईले किन जवाफ दिनुभएन भनेर साथी डिप्रशनमा गयो ।

३) मेरो साथीले कोहि अर्को केटिसाथीलाई एकैदिनमा 4.. 5 पटक फोन गरेछ । उता केटिले फोन नउठाएको कारण साथी डिप्रेशनमा पुग्यो ।

विज्ञानले के भन्छ भने हाम्रो वरपर भएका घटना तथा प्रसंगहरूको आधारमा हामी केहि मतलब निकाल्छाै तर केहि व्यक्तिहरू भने त्यहि घटना तथा प्रसंगलाइ गतल तरिकाबाट बुझ्ने गर्छन् । मानिस अनुसार सोच्ने क्षमतापनि फरक हुने गर्दछ । तपाई भ्रममा विश्वास गर्ने कि यथार्थमा ? यो महत्वपूर्ण छ । आफ्नो भ्रमको आधारमा विश्वास गर्नुहुन्छ भने त्यो खराब हो र यथार्थको आधारमा विश्वास गर्नु त्यो असल हो ।

यसलाई उदाहरणबाट हेरौ: संगति सकेपछि तपाइलाइ कोहि विश्वासीले जयमसिहको जवाफ दिएन भने । अब तपाइको मनमा दुइ प्रकारका बिचारहरू आउने गर्छ । यदि नकारात्मक विचार आयो भने, त्यो नकारात्मक विचार बढ्दै जाँदा तनाबपनि बढाउदै जान्छ ।

उदाहरणकोलागि मनमा आउने प्रश्नहरू : “मलाइ जानि जानी किन जवाफ दिएन ?” “उसले मलाइ किन मन नपराएको ? यहाँ मण्डलीमा भएकाहरू कसैले पनि मलाइ मन पराउदैनन् जस्तो छ । म अब एक्लो हुन्छु । यो मण्डली नै छोड्छु । सबै उस्तै हुन् अब कुनै मण्डली नै जान्न ।” यति सानो एउटा घटनाबाट प्रेरित भएर उस्ले यस्ता विचारलाइ आफ्नो धारणा बनाउछ पुग्दछ । यस्ले गर्दा कमजोर बनाउँछ । मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, प्रार्थना गर्न मन नलाग्ने । संगति तिर ध्यान नजाने । सानो घटनाबाट प्रेरित भएर एउटा विचारको जन्म भयो । त्यसबाट अझै अरु धेरै नकारात्मक सोचाइहरू बढ्दै जान्छ र कमजोर बन्दै जान्छ र अन्तिममा सोच्दा सोच्दै डिप्रेशनमा गएर मण्डली छोड्ने सम्मको विचार मनमा जन्म हुन्छ । यसरी नै नकारात्मक सोचाइ बढ्दै जान्छ र असर पनि पर्दै जान्छ ।

यो हुनुको कारण हाम्रो दिमागमा भएको केमिकल गडबढको कारणले हुने गर्दछ । हाम्रो दिमागमा भएको तीन प्रकारका न्यूरो ट्रान्समिटरमा सोच्ने क्षमताले प्रभाव पार्दछ । त्यसमा भएको मात्राको कमिले पनि यस्ता सोचाइहरू आउने गर्दछ ।

यसबाट कसरी बच्ने ?

यस प्रकारको समस्याको २ तरिकाबाट उपचार गर्न सकिन्छ ।

१) केमिकलको मात्राको कमि भएर हो भने उपचार गरेर केहि समय अाैषधि खानु पर्ने र व्यायाम गरेर निको पार्न सकिन्छ ।

२) आफैले पनि यस्को उपचार गर्न सकिन्छ ।

यस्ता नकारात्मक सोचाइको समस्याको समाधान गर्नकोलागि पहिलो प्रकृया यो समस्यालाइ चिन्नु आवश्यक छ । कतिपय व्यक्तिहरूको नकारात्मक सोच्ने बानी परिसकेको हुनाले यस्ता समस्या पहिचान गर्न सक्दैनन् । किनकी उनिहरूलाइ यि कुरा सामान्य नै लाग्ने गर्दछ । अनुसन्धानले के भन्दछ भने सोच्ने व्यवहारलाइ चिन्न गारो हुन्छ तर पनि यसको प्रत्यक्ष असर भावनामा पर्छ । यो समस्यालाइ निरास भावना, तनाव वा मुड व्यवहारबाट चिन्न सकिन्छ ।

तपाइलाइ निरास बनाउने भावना आउछ वा चिन्तित हुनुहुन्छ भने अहिलेको अवस्था भन्दा केहि अगाडि गएर समस्याको केन्द्रमा पुगेर सोच्नुपर्ने हुन्छ । यसलाई यसरी सोच्नुस: ‘किन मेरो मनमा यस्तो सोंच आयो ? ‘ आफैले आफै संग यसरी प्रश्न सोध्नु आवश्यक छ । तपाइले जवाफ खोजि गर्नुपर्ने हुन्छ । जस्तो कि माथिको उदाहरण

” मैले जयमसिह गर्दा उसले किन फर्काएन ? मलाइ मन नपराएर हो ?” यि विचारहरूलाइ टोड्न वा हटाउन तपाइले आफुले आफैसंग यि प्रश्नहरू गर्नुस् ।

प्रश्न १: ‘कसैले मलाइ राम्रो ठान्दैनन् भन्ने प्रमाण के छ ? ‘ आफैसंग आफै प्रमाण माग्नु होस् ।

तपाइको दिमागले यसरी जवाफ दिनेछ : “मैले उसलाइ जयमसिह गर्दा उस्ले मलाइ नफर्काएको कारणले मेरो मनमा यो विचार आयो । (यो नै घटनाको प्रमाण हो ।)

प्रश्न २) के यहि नै प्रमाण हो ? कति प्रतिशत मिल्छ ? अरू पनि कारण हुन सक्छ त ?

तपाईंको दिमागले दिने जवाफः ” यो त मैले आफैले विचार गरेको हुँ । केहि प्रतिशत मात्र मिल्छ सक्छ । अरु कारण, सायद उसले नदेखेको पनि हुन सक्छ । उस्को ध्यान अन्तै पनि हुन सक्छ वा उ अरू नै केहि सोचाँइमा नै हुन पनि सक्छ । “

यसरी नै तपाइले केहि वैकल्पिक प्रश्नहरू गर्नु हुन्छ भने तपाइको दिमागले पनि यसरी नै उत्तरहरू दिने गर्दछ । आफुले आफैसंग प्रश्न गर्दा आएका उत्तरहरूबाट नै तपाइले थाहा पाउन सक्नुहुन्छ कि यो नकारात्मक विचार हो ।

यसरी समस्याको पहिचान गरेर चिन्ता र तनावबाट मुक्ति पाउन सकिन्छ । यस्ता खालका नकारात्मक सोचाइलाइ रोक्न केहि प्रश्नहरू गरेर समाधान गर्न सकिन्छ । माथिका घटनाहरुमा कसैले तपाईंलाई फेसबुकमा मेसेजको जवाफ दिएन वा कसैलाई फोन गर्दा कल उठेन भने तनावबाट जोगिन माथि दिएका प्रश्न आफुले आफैलाई गरेर समाधान गर्नुहोस् र डिप्रेशनमा पुग्नबाट जोगिनुहोस् । यदि तपाईबाट केही गल्ति नै भएको कारणले हो भने उसंग माफी माग्नुस् र तनाब हटाएर खुसी हुनुहोस् । माफी माग्नु तपाईको कर्तव्य हो । माफी माग्दा पनि माफी दिएन भने त्यो उस्को समस्या हो । खुसी रहनुहोस् , स्वास्थ रहनुहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button