व्यवसाय र सेवा संगै बोकेर हिड्ने सुकदेव गिरी

काठमाण्डौ, २९ वैसाख ।। नेपाली इसाई जगतमा धेरैले चिनेको र सुनेको नाम हो सुकदेव गिरी । प्राय उहाँ प्रखर वक्ताको रुपमा चिनिनुहुन्छ । देशभरीका विभिन्न मण्डलीले आयोजना गरेको कार्यक्रममा उहाँ वक्ताको रुपमा सहभागी हुनुहुन्छ । उहाँले धेरै ठाउँमा पञ्चदलीय सेवकाई, अगुवापन र समयको शिद्धान्तको बारेमा सिकाउनुहुन्छ ।


चितनवको त्रियक चर्चमा सेवकाई गरिरहनुभएको सुकदेव गिरी हाल उमेरले ५६ वर्ष पुग्नुभएको छ । हालसम्म पनि युवासँग भएको जोस जस्तै देशको विभिन्न ठाउँमा पुग्नुहुन्छ । आफ्नो जीवनकालमा सेवकाई गरेको उहाँ ३८ वर्ष वितेको बताउनुहुन्छ ।
रोचक कुरा त के छ भने, सुकदेव गिरी जुन ठाउँमा वक्तको रुपमा जानुहुन्छ त्यहाँ उहाँले बेच्नको लागि ख्रीष्टियन सम्बन्धित टिर्सट लिएर जानुहुन्छ । टिर्सट मन पराउँने युवाहरुले किन्नुहुन्छ । जहाँ जस्तो उमेरको व्यक्तिहरु सहभागी हुनुुहुन्छ त्यहाँ त्यस्तै प्रकारको कपडा लिएर जानुहुन्छ । मन पर्नेले किन्नुहुन्छ ।


बाइबल स्कुलका शिक्षक समेत रहनुभएका सुकदेव गिरीले लकडाउन पछि यस्तो व्यवसायसँगै सेवकाई सुरु गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“चितवनमा एकजना भाई हुनुहुन्थ्यो । उहाँले भुटनिज टिर्सट निर्माण गर्नुहुन्थ्यो । मैले उहाँबाटनै टिसर्ट लिएर बेच्न सुरु गरेँ । सुरुमा राम्रै भयो । अनी त्यहि कार्यलाई निरन्तरता दिएको छु । त्यो भाईको पनि ब्यापार भयो मेरो पनि केहि खर्च टर्ने भयो ।”


सेवकाईमा लामो समय विताउनुभएका सुकदेव गिरीलाई मान्छेहरुले के भन्छन् भन्ने कुरामा चासो छैन । कुनै पनि काम ठूलो सानो हुँदैन र सबैले मेहनत गर्नुपर्छ भन्ने कुरामा उहाँ पक्का हुनुहुन्छ । उहाँले अन्य व्यक्तिहरुलाई पनि काम ठूलो सानो नभनी मेहनत गर्नको लागि उत्साह दिनुहुन्छ ।


व्यवसाय सँगै सेवकाई सुरु गरेदेखि आजसम्म १२ लाख बराबरको कारोबार गरेको उहाँले बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “कुनै पनि काम गरेपछि सफल हुने नहुने थाह हुन्छ, यदि काम नै नगरे त कसरी थाह हुन्छ । ? उहाँ भन्नुहुन्छ मैले यसलाई निरन्तरता दिँदैछु । अब सिजन अनुसार पनि व्यापार गर्नुपर्छ, अब वर्षा सुरु हुन आँट्यो ¥याङकोट बेच्दैछु ।”


उहाँ अझै थप्नुहुन्छ, “मैले सुरुमा २५ हजारबाट सेवकाईसँग व्यवसाय पनि गरेको थिएँ । यदि मैले यस्तो कार्य नगरेको भऐ हालसम्म १२ लाख बराबरको कारोबार कसरी गर्थेँ ? हामीले जसरी हुन्छ परमेश्वरको काम गर्नुपर्छ । परमेश्वरको काम गर्नको लागि आर्थिक कुराले रोक्दैन । किनकि हामीले आर्थिक कुरा जोह गर्नको लागि बाटो खोज्नुपर्छ । परमेश्वरको काम गर्ने मन हुनुपर्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button