संगति गर्नजाँदा पास्टरलाई आक्रमण भयो, दोसीलाई अझै कार्बाही भएन

हरि जिज्ञासु
भदौ १९ ।। नवलपरासीको वडा नं. १५ बाट पाल्हीनन्दन गाउँपालका वडा नं. १ संगति गर्न जाँदा एल्डर भिमबहादुर तामाङ र बलबहादुर सुनारलाई हिजो सोमबार स्थानीयले विरोध सहित हातपात गरे ।


नवलपरासीको वडा नं.१ महेश्वर भारत र नेपालको सिमान पर्छ । त्यहाँ एक घरले परमेश्वरमा विश्वास गरेको कारण २० किलो मिटरको यात्रापछि संगति दिन त्यहाँ पुगेको एल्डर भीमबहादुर तामाङ बताउँनुहुन्छ । उहाँले भन्नुहुन्छ, “संगति गर्नको लागि उहाँहरु चर्चमा आउँन टाढा भएको कारण हामी संगति गर्न गएका थियौँ तर त्यहाँका बासिन्दाहरुले हामीलाई नानाथरी आरोप लगाएर हातपात गरे ।”


ठूलो भीडबाट चर्को विरोध भएपछि ईलका प्रहरीले पनि भीडलाई शान्त पार्न सकेन । अन्तमा जिल्लाबाट सुरक्षाकर्मी गएर सुरक्षाको लागि एल्डर भिमबहादुर तामाङ र बलबहादुर सुनारलाई सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पु¥याएर सुरक्षा दियो । धर्म परिवर्तन गराउन अबदेखि नजानुहोस् भनेर छोडियो ।


नवलपरासी इसाई समाजले जिल्ला प्रशासनमा कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई भेट्दा प्रमुख जिल्ला अधिकारीले देशको प्रस्थिति अनुसार धर्म परिवर्तन गराउँन काम नर्गन सुझाव दिनुभएको पीडित एल्डर भिमबहादुर तामाङ बताउनुहुन्छ ।
पीडितले हातपात गरेको र मोसो दलेको भनेतापनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मोसो दलेको नभएर सामन्य विरोध भएको जानकारी दिएको छ ।

पाल्हीनन्दन गाउँपालका वडा नं. १ का वडाध्यक्ष चुलाही यादवले आफूले त्यो घटना घटेको पछिमात्र थाह पाएको बतानुहुन्छ । उहाँले भन्नुहुन्छ, “सबै धार्मिक समुदा मिलेर बस्नुपर्छ तर केहि केटाहरुले गल्ती गरेछन् ।”
अहिलेसम्म नवलपरासीमा चर्च तोडफोट भएको छ पास्टर ज्यूहरुलाई आक्रमण भएको छ तर प्रशासनले दोषिलाई अभै कार्बाही गरेको छैन ।


मुलुकी अपराध सिंहिता २०७४ को परिच्छेद ९ धारा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ । दोषीलाइ कानूनी कार्बाही गरेमा घटनामा सामेल भएका व्यक्तिहरुले कानून विपरित कार्य गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button