सच्चाई केन्द्रमा सुरु भयो विवाद, अध्यक्षलाई लाग्यो भ्रष्टाचारको आरोप

साउन ८ (२०८०) पोखरा
पोखराबाट सुरु भएको अर्ध धार्मिक संघठन सच्चाई केन्द्रमा अहिले विवाद उत्पन्न भएको छ । सच्चाई केन्द्र अर्ध धार्मिक संघठन अहिले देशभरी फैलिएको छ । सच्चाई केन्द्रका अध्यक्ष प्रकाशदिप गैरेले आर्थिक हिनामिना गरेकोमा सच्चाई धार्मिक संघठनका अनुयायिहरुले प्रकाशदिप गरेको विरोध गरेका छन् ।


अध्यक्ष प्रकाशदिप गैरेले देशको विभिन्न ठाउँमा सच्चाई केन्द्रको शाखा स्थापना गरेर पैसा उठाएको र उल्टै अनुयायिहरुलाई धम्की समेत दिने गरेको जनहरुको आरोप छ । अनुयायीहरुले भन्छन्, “हामीले दान दिएका छौँ । हाम्रो चाहाना दिनदुखीहरुको लागि सेवा गर्ने हो । तर प्रकाशदिपले महंगो, गाडि किन्ने, हेलिक्पटर चढ्ने गर्नुहुन्छ ।”

अनुयायीहरुले आफ्नो आर्थिक सहयोगद्धारा पोखरामा निमार्ण गरेको भवनलाई अध्यक्ष प्रकाशदिप गैरले आफ्नो भन्दै हस्तक्षेप गर्न खोजेपछि जनहरुले चर्को विरोध गरेका छन् । सच्चाई केन्द्रमा हप्ताको प्रत्येक शनिबार भजनकृतण हुन्छ र भेटी र मुठीदान उठाउने गरिन्छ ।

शनिबार जनहरुले उठाएको भेटि र मुठीदान रकम पनि सच्चाई केन्द्रका विभिन्न शाखाले पोखरा सच्चाई केन्द्रमा हस्तान्तरण गरेको र उक्त रकमको कुनै पनि पार्दशिता नभएको सच्चाई केन्द्रका अनुयायीहरुको भनाई छ । अनुयाहिरुले भनेका छन्,“प्रकाशदिप सरले हामीलाई ज्ञान त राम्रो दिनुभयो तर उहाँले हामीलाई प्रयोग गरेर आफू सम्पन्न हुनुभयो । अब हामी उहाँदेखि होसियार रहन्छौँ तपाईहरु पनि होसियार रहनुहोला ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button