सहस्राब्दी र यसको उद्देश्य के हो ?

Arjun Doulos

सहस्राब्दी अर्थात् जसलाई सहस्राब्दी राज्य पनि भनिन्छ । महा सङ्कष्टपछि र दुष्टहरूको ठूलो सेतो सिंहासन अघिको १,००० वर्षको शासन लाई नै १००० वर्षको राज्य भनिन्छ ।
यसलाई सहस्राब्दी किन भनिन्छ ? “ल्याटिन भाषामा मिल (Mille_) को अर्थ ’हजार’ हुनाले, यसलाई Millenniumअर्थात् सहस्राब्दी र १,००० वर्ष भनिन्छ ।


सहस्राब्दीको दौरानमा, येशूले इस्राएल र संसारका सबै राष्ट्रहरूमा राजाको रूपमा शासन गर्नुहुनेछ (यशैया २ः४; ४२ः१) । संसार शान्तिमा रहनेछ (यशैया ११ः६–९; ३२ः१८), त्यो बेला शैतान पातालमा बाँधिएको हुनेछ (प्रकाश २०ः१–३), र, सुरुमा, सबैले परमेश्वरको आराधना गर्नेछन् (यशैया २ः२–३) । १,००० वर्षको शासनको उद्देश्य परमेश्वरले संसारमा गर्नुभएका विभिन्न प्रतिज्ञाहरू पूरा गर्नु हो । यी मध्ये केही प्रतिज्ञाहरू छन् जसलाई करार पनि भनिन्छ । विशेषगरी ती प्रतिज्ञाहरु इस्राएललाई दिइएको थियो र येशूले, संसारका राष्ट्रहरू र सृष्टिलाई दिनुभएको थियो । येशूको १,००० वर्षको शासन,उहाँका प्रतिज्ञाहरू पूरा गर्ने समय हुनेछ ।

ख्रीष्टको हजार वर्षको शासनको उद्देश्य के हो ?

यो शासन कालमा येशूले यी प्रतिज्ञाहरु अर्थात् करारहरु पूरा गर्नुहुनेछ ।

१. प्यालेस्टिनी करार, जसलाई भूमि करार पनि भनिन्छ (व्यवस्था ३०ः१–१०)
परमेश्वरले अब्राहम सित गर्नु भएका करारका व्यक्तिगत पक्षहरू पूरा गरिसक्नु भएको छ; अब्राहाम प्रतिज्ञा गरिएको भूमिमा गएका थिए, उनका धेरै सन्तानहरू भए, र उनी धेरै राष्ट्रहरू अर्थात् धेरै जातिको को पुर्खा भए । अब्राहमको सयौं वर्षपछि, यहोशूले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको भूमिको स्वामित्व दाबी गर्न नेतृत्व गरे । तर इजरायलले उत्पत्ति १५ः१८–२० र गन्ती ३४ः१–१२ मा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको निश्चित सीमाहरू कहिल्यै पाएका छैनन् ।

सोलोमनले पनि यस विशेष क्षेत्रमा शासन गरेनन् (१ राजा ४ः२१–२४)। यद्यपि उनले मिश्रको नदीदेखि यूफ्रेटिससम्म शासन गरे तापनि उनले माउन्ट होरदेखि हजारेनन (गन्ती ३४ः७–९) सम्मको क्षेत्रलाई हालको लेबनान र सिरियासम्म कब्जा गरेनन ्।साथै, परमेश्वरले अब्राहमसँग बाँध्नुभएको करार थियो उनी र उनका सन्तानहरूले सधैंभरि भूमि पाउनेछन् (उत्पत्ति १३ः१५; १७ः८; इजकिएल १६ः६०) । हालको इजरायली राज्य यस दिशामा एक कदम हुन सक्छ, तर तिनीहरूले अझै पनि परमेश्वरले तोकेका सीमाहरू अझैं प्राप्त गरेका छैनन् ।

२. दाउद सँगको करार (२ शमूएल ७)
दाऊदसँगको परमेश्वरको करार थियो कि उनको वंश कहिल्यै मर्नेछैन र दाऊदको उत्तराधिकारी सधैंभरि इस्राएलको सिंहासनमा बस्नेछन् (२शमूएल७ः१६) । बाइबलका विद्वानहरू सहमत छन् कि येशू यस करारको पूर्ति हुनुहुन्छ –उहाँको वंशावली उहाँका धर्मपुत्र पिता
(मत्ती १ः१–१७) र उहाँकी आमा (लूका ३ः२३–३८) दुवैको लागि दिइएको कारण मध्ये एक हो । यहूदीहरूले यो बुझे जब तिनीहरूले खजूरका हाँगाहरू र आफ्नो लुगाहरू येशू यरूशलेममा प्रवेश गर्दा (मत्ती २१ः१–१७) राखे । उनीहरूले उहाँलाई रोमीहरूबाट मुक्त गराउने र इजरायललाई फेरि एउटा महान् राष्ट्र बनाउने सैन्य÷राजनीतिक अगुवा हुने अपेक्षा गरेका थिए । तर तिनीहरूले त्यस समयमा येशूको कामको प्रकृति नयाँ करारको लागि थियो, डेभिडिक अर्थात् दाउदसंग बाँधिएको करार होइन भनेर बुझेनन् । १,००० वर्षको समयमा इजरायल र पृथ्वीमा येशूको शासनको सुरुवात हुनेछ (प्रकाश २०ः४, ६) ।

३. नयाँ करार (यर्मिया ३१ः३१–३४)
नयाँ करारको काम—येशूको मृत्यु र परमेश्‍वरसँग मान्छेहरुका हृदयहरू मिलाउनको लागि पुनरुत्थान—सहित सम्पन्न भएको छ । तर हामीले अहिलेसम्म पूर्णता देखेका छैनौं । यर्मिया ३१ः३३ ले भन्छ, “तर ती दिनहरू पछि म इस्राएलको घरानासँग बाँध्ने करार यही हो, परमप्रभु घोषणा गर्नुहुन्छः म मेरो व्यवस्था तिनीहरूमा राख्नेछु, र तिनीहरूको हृदयमा लेख्नेछु । अनि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।” इजकिएल ३६ः२८ ले थप विवरण दिन्छः “मैले तिम्रा पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूको परमेश्वर हुनेछु ।

“यशैया ५९ः२०–२१ ले यो करार उद्धारकर्ताको कारणले सम्भव छ भनेर बताउँछ, र उहाँले प्रदान गर्नुभएको मेलमिलाप सधैंभरि रहनेछ । यो करारको मतलब यो होइन कि हरेक यहूदीले उद्धार पाउनेछन्। तर यसको मतलब यो हो कि इजरायलले एक राष्ट्रको रूपमा सबै एक भएर आफ्नो मसीहको उपासना गर्नेछ । पुरानो नियमका अगमवक्ताहरू जसले यस करारको बारेमा कुरा गरे, जसमा यशैया, यर्मिया, होशे र इजकिएल, सबैले यो भविष्यमा पूरा हुनेछ भनेर लेखे । तिनीहरूको समयदेखि, इजरायल अझै पनि एक स्वतन्त्र राष्ट्र हुन सकेको छैन ,जसले आफ्नो मसीहको उपासना ग¥यो (रोमी ९–११)। तिनीहरू ख्रीष्टको १,००० वर्षको शासनमा पूर्णतः स्वतन्त्र हुनेछन् ।

४.अन्य प्रतिज्ञाहरू
ती माथि उल्लेखित प्रतिज्ञाहरु परमेश्वरले इजरायलसँग गर्नुभएका करारहरू हुन् जुन येशूको १,०००–वर्षको शासनमा पूरा हुनेछन्, तर बाइबलले पूरा हुने अन्य प्रतिज्ञाहरू पनि सूचीबद्ध गर्दछ ।

क. परमेश्वरले येशूलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले आफ्ना शत्रुहरूलाई खुट्टाको पाउदान बनाउनुहुनेछ, र येशूका अनुयायीहरूले उहाँलाई स्वतन्त्र रूपमा आराधना गर्नेछन् (भजन ११०) ।
ख. परमेश्वरले संसारका राष्ट्रहरूलाई तिनीहरूको शासकको रूपमा येशूसँग शान्तिमा बस्ने प्रतिज्ञा गर्नुभयो (दानियल ७ः११–१४) ।
ग.उहाँले सृष्टिलाई प्रतिज्ञा गर्नुभयो कि श्राप हटाइनेछ (रोमी ८ः१८–२३), जनावरहरू
घ. पृथ्वीलाई शान्ति र समृद्धिमा पुनर्स्थापित गरिनेछ (यशैया ११ः६–९; ३२ः१३–१५),
ङ. रोगबाट मानिसहरूलाई मुक्त गरिनेछ । (इजकिएल ३४ः१६) । यी प्रतिज्ञाहरु पनि १,००० वर्षको शासनकालमा पूरा हुनेछन् ।

येशूको १,००० वर्षको शासनको मुख्य उद्देश्य भनेको चाई इजरायललाई दिइएका भविष्यवाणीहरू र प्रतिज्ञालाई पूरा गर्नु र अन्य राष्ट्रहरू र सम्पूर्ण पृथ्वीलाई गरिएका प्रतिज्ञाहरू पूरा गर्नु हो ।परमेश्वरका करारहरू स्वैच्छिक र एकतर्फी थिए । उहाँले इजरायललाई आशीर्वाद दिनुहुनेछ र विशेष तरिकामा संसारलाई पुनर्स्थापित गर्नुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button