साउदी अरबमा २४ वर्ष सेवा गरेर नेपाल फर्किनुभयो, पास्टर नन्दजंग गुरुङ

असोज ८ (साउदी) ।। रोजगारीको लागि नेपालबाट सन् १९९८ मा साउदी अरब जानुभएको पास्टर नन्दजंग गुरुङ प्रवासी नेपाली ख्रष्टियन मण्डली साउदी अरबमा २४ वर्ष सेवा गरेर अब अरब नजानेगरी गत हप्ता नेपाल फर्कीनुभयो ।


सुरुमा डिकन, एल्डर हुँदै पास्टरीय जिम्मेवारी पाएका कास्की पोखराका नन्दजंग गुरुङलाई गत हप्ता प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरबले कदरपत्र सहित सम्मान गरेर विधाई गरेको हो ।


रोजगारीको लागि सन् १९९८ मा अरब पुगेका नन्दजंग गुरुङलाई कम्पनीको काम संगै सेवा संगतिको आवश्यकता प¥यो । साउदी अरबको सेकेण्ड सनय साम्राणी औद्योगीक क्षेत्रमा एउटा कोठाबाट नन्दजंग गुरुङ सहित १५ जना जतिको सहभागितामा पहिलो नेपाली चर्च सुरु भएको थियो ।


नेपालबाट रोजगारीको लागि साउदी अरबमा पुगेका नेपालीहरुले सेवाकाईमा धेरै वर्ष विताउन मुस्किल हुन्छ । कम्पनीको निश्चित सम्झौता सकिएपछि घर फर्कनुपर्ने हुन्छ । प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरबमा पनि धेरै पास्टरहरु सेवाकाईपछि नेपाल फर्कीनु भयो ।


पास्टर नन्दजंग गुरुङले भन्नुभयो, ‘सुरुमा संगति गर्दा पास्टर खेम पावल हुनुहन्थ्यो त्यसको केहि वर्षपछि संखुवासभाका हर्क गुरुङले पास्टरीय सेवा गर्नुभएपछि मलाई सन् १९९९ देखि सन् २०१८ सम्म डिकन र एल्डरको जिम्मा दिनुभएको थियो । म निरन्तर मण्डलीमा सेवा पु¥याएपछि मैले सन् २०१८ देखि २०२३ सम्म पास्टरीय रुपमा सेवा पु¥याएर नेपाल फर्कीएँ ।’


कम्पनीको सम्झौता सकिएपछि धेरै नेपालीहरु जागिर छोडेर नेपाल फर्कीने भएकाले प्रवासमा मण्डलीको सदस्य संख्या तलमाथी भइरहन्छ । वर्षौदेखि सेवकाई गरिरहेका मण्डलीका सदस्यहरु मण्डली परिवारसँग विदा मागेर नेपाल फर्कीनुपर्ने हुन्छ । हालसम्म प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरबबाट धेरै पास्टरहरु नेपाल फर्कीएजस्तै २४ वर्षपछि पास्टर नन्दजंग गुरुङ पनि कालेब गुरुङलाई पास्टरीय सेवकाइको जिम्मेवारी हस्तान्तरण गरेर नेपाल फर्किनुभयो ।


प्रवासी नेपाली ख्रीष्टियन मण्डली साउदी अरबको दमाम,जुबेल, अलहासाहाकुब, यम्बु लगायतका ठाउँमा शाखा मण्डलीहरु स्थापना भएका छन् । शाखा मण्डलीहरु टाढा टाढा भएको कारण विहिबार गाडि लगेर शुक्रबार संगति सकारए जागिरमा फर्केको अनुभव पास्टर नन्नदजंग गुरुङ सुनाउँनुहुन्छ । प्रवासी नेपाली ख्रीष्टियन मण्डलीले नेपालमा पनि ३ वटा मण्डली स्थापना गरिसकेको छ । अहिले साउदी अरबमा नेपाली मण्डलीहरु बृद्धि हुँदै गइरहेका छन् ।


साउदी अरबमा सेवा संगतिको अनुभव पास्टर नन्दजंग गुरुङ यसरी सुनाउनुहुन्छ, ‘साउदी अरबमा नेपालको जस्तो खुलमखुल्ला संगति गर्न मिल्दैन । त्यहाँ शुक्रबार छुट्टी हुनेभएकाले शुक्रबार सेवासंगति हुन्छ । संगतिमा जाँदा सबै भेला भएर संगै जान मिल्दैन र एकएक गरेर मात्र संगति हलमा प्रवेश गर्नुपर्छ । संगति सुरु भएपछि ढोका बन्द गर्नुपर्छ र कोहि पनि बाहिरभित्र गर्नुहुँदैन ।’


प्रवासी नेपाली ख्रीष्टियन मण्डलीले साउदी अरबमा समस्यामा रहेका धेरै नेपालीहरुलाई उद्धार गर्ने कार्य पनि गरेको छ । समस्यामा परेकाहरुलाई निरन्तर उत्साह र हौषला प्रदान गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button